
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको घर सपनालाई साकार पार्ने उद्देश्यले ७.९९ प्रतिशत स्थिर ब्याजदर सहितको आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ । “सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने नारासहित सार्वजनिक गरिएको यस योजनाको ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ ।
सिटिजन्स बैंकका अनुसार, ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिनेछ । ग्राहकहरूले यस योजनाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रदान गरिनेछ। साथै, पहिलो वर्षका लागि लकर सेवामा ५० प्रतिशत छुट को सुविधा पनि उपलब्ध गराइएको छ ।
हालै मात्र “बैंक अफ द इयर २०२४” को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले आधुनिक बैंकिङ्ग सेवामा निरन्तर नवप्रवर्तन गरिरहेको छ । बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड समेत सञ्चालनमा ल्याइसकेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६० जिल्लामा १९७ शाखा कार्यालय, १६२ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । ग्राहकहरू नजिकको सिटिजन्स बैंक शाखामा गएर यस योजनामा सहभागी हुन सक्नेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह