
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले २/४ घण्टा बिजुली कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नहुने बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभामा बोल्दै घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात पनि रहेको बताउँदै केही समय बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नहुने बताएका हुन् ।
लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको भनाइ थियो । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।
उनले व्यस्त समयमा केहि उद्योगको मात्रै लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरु त्योहि व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए । ‘तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,’ उनले भने, ‘नेपालयको पूर्वाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ ।
बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो । नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ । यसका लागि ठूलो लगानी आवश्यक रहेको छ । हाम्रा ठूला परियोजनहरुका लागि वैदेशिक लागनी चहिन्छ । लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ ।’












समाचार
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
युनाईटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन
माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
पुनरागमन जितसहित पोर्चुगल विश्वकपको अन्तिम १६ मा
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो