
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ४ दशमलव १९ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३० अंकले बढेर ४५१ दशमलव ४५ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको सेयर मूल्य भने घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २० करोड माथिको कारोबार भएको थियो । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१० कम्पनीका २ करोड ९ लाख ७८ हजार ८७९ कित्ता सेयर ६१ हजार ८३९ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने ४ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद