
दावा गियरले राजधानीका विभिन्न स्थानका संघसंस्थाहरूमा बसोबास गरिरहेका अपांगता भएका व्यक्तिहरूलाई जाडो महिनामा ज्याकेट वितरण गरेको छ । गोकर्णेश्वर नगरपालिका नयाँपाटीस्थित दृष्टिविहीन आमाघर सामाजिक संस्था, नरायटारस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, र ताकेश्वरस्थित अपांग सेवा केन्द्रमा गरी करिब २०० जनालाई ज्याकेट वितरण गरिएको हो ।
ज्याकेट हस्तान्तरण कार्यक्रममा दावा गियरका सञ्चालकद्वय दावा टासी शेर्पा र फुरलामू शेर्पाले प्रत्यक्ष रूपमा सहभागी भई सहयोग वितरण गरेका थिए । संचालक दावा टासी शेर्पाले हरेक वर्ष अनाथ बालबालिका, वृद्धवृद्धा, र अपांगता भएका व्यक्तिहरूलाई न्यानो लुगा वितरण गर्दै आएको बताउँदै, आगामी दिनमा पनि सहयोग कार्यलाई निरन्तरता दिने योजना रहेको उल्लेख गरे। साथै, संस्थाका आवश्यकता र समस्याबारे जानकारी गराउन अन्य संघसंस्थालाई आवेदन दिन अनुरोध गरे ।

संचालिका फुरलामू शेर्पाले आफ्नो व्यवसायबाट आर्जित नाफाबाट हरेक वर्ष सहयोग कार्यक्रम गर्दै आइरहेको बताइन्। उनले ग्राहकप्रति आभार प्रकट गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा नयाँपाटीस्थित आमाघर सामाजिक संस्थाका संचालक टेकबहादुर मगरातीले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरू र वृद्धवृद्धाहरूका लागि सुरक्षित बसोबासको आवश्यकता औंल्याउँदै सहयोगको अपिल गरे । यस्तै, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका पुष्पराज भट्टले अपांगता भएका व्यक्तिहरूको अवस्थाबारे जानकारी गराउँदै दाता संस्था गियरसँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

दावा गियरका सञ्चालक दावा टासी शेर्पाको जीवन यात्रा प्रेरणादायी छ। ११ वर्षको उमेरमै ट्रेकिङ क्षेत्रमा भरियाका रूपमा आफ्नो करियर सुरु गरेका शेर्पाले लामो समयसम्म पर्यटन क्षेत्रमा काम गरे। तर, २०१४ मा खुम्बु आइसफलमा हिमपहिरोमा परेर गम्भीर चोटपटक व्यहोर्नुपरेपछि उनले आफ्नो जीवन र व्यवसायको नयाँ दिशा खोजे । २०१५ मा दावा गियरको स्थापना गरेका उनले २०१७ देखि यसलाई औपचारिक रूपमा संचालनमा ल्याए । स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै, गियरले अपांगता भएका व्यक्ति, अनाथ बालबालिका, र वृद्धवृद्धाहरूलाई सहायता प्रदान गर्दै आएको छ । आफ्नो व्यवसायलाई सेवा र सहयोगसँग जोड्दै, दावा टासी शेर्पाले समाजमा सकारात्मक योगदान दिन सफल भएका छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू