
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमो भन्दा ५१.७० प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २३ करोड ९ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी २ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुल्क आर्जन १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चालु आवमा उक्त बीमाकोषको आकार ३५.७९ प्रतिशतले बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहको छ । कम्पनीले दोस्रो त्रैमाससम्म सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ सञ्चित गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेकोमा चालु आवमा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६६ पैसा रहेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय