
काठमाडौं । विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण गरेका छन् ।
अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीबार (यही फेब्रुअरी ६ तारिख) सफलतापूर्वक आरोहण गरेको पाण्डेले जानकारी दिए । आरोहणपछि त्यहाँबाट उनले आरोहण गरेको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहीबार बिहान ७ः५० बजे चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए । उक्त चुचुरो छ हजार नौ सउ ६१ मिटर अग्लो छ । उनले आगामी बुधबारसम्ममा नेपाल आइपुग्ने भिडियो कुराकानीमार्फत जानकारी दिए ।
सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए । पर्वतारोहणको क्षेत्रमा विशेष मानिने सेभन समिट अभियानमा उनको यो चौथो हिमाल आरोहण हो भने समग्रमा उनको यो ११ औँ आरोहण भएको पनि पाण्डेले जानकारी दिए । उनी सन् २०२२ देखि यस अभियानमा रहेका छन् । यस अभियानमा उनीसँग कीर्तिमानी पर्वतारोही चतुर तामाङ पनि छन् ।
आरोही पाण्डेले यसअघि आरोही तामाङसँगै रुसमा रहेको सर्वोच्च युरोपेली हिमाल माउन्ट एलब्रुस चढेका थिए । पाण्डेले तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जरोको पनि सफल आरोहण गरिसकेका छन् । उनले स्वदेशमा रहेको किलर माउन्टेन भनिने मनास्लु हिमाल र टेक्निकल मानिएको आमादब्लम हिमालको पनि सफल आरोहण गरिसकेका छन् । उचाइ धेरै नभए पनि यो आरोहण निकै चुनौतीपूर्ण रहेको बताउँदै आरोपी पाण्डेले उक्त क्षेत्रमा छिटोछिटो परिवर्तन भइरहने मौसमका कारण आरोहण सगरमाथा चढे जतिकै कठिन महसुस गरिएको भिडियो कुराकानीमार्फत जानकारी दिए ।
नेपाली झन्डासँगै नेपाल स्काउट र रोटरी इन्टरनेसनल समेतका सामाजिक संस्थाहरुको झन्डा पनि ती संस्थाहरुको प्रतिनिधित्व गर्दै आफूले फहराउन पाउँदा खुसी लागेको उनले बताए । हिमाल आरोहण अभियानकै क्रममा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताउँदै आरोपी पाण्डेले स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया पनि गरेको जानकारी दिए ।
जलवायु परिवर्तनका कारणले नेपालसहित जैविक विविधिता युक्त तथा विशिष्ट भौगोलिक अवस्थिति भएका मुलुकले अनपेक्षित क्षति र समस्याहरू व्यहोर्नु परिरहेको उनले उल्लेख गरे । आफ्नो आरोहण भ्रमणले नेपाल र अर्जेन्टिनाबीच दौत्य सम्बन्धमा टेवा पुग्ने र साहसिक पर्यटनको क्षेत्रमा नेपाललाई दक्षिण अमेरिकी महादेशमा थप परिचित गराउने उहाँले विश्वास व्यक्त गरे ।
सेभेन समिट अभियानमा अब उत्तर अमेरिकी महादेशको हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताउँदै पाण्डेले भने, ‘संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमालको आरोहण मेरो लक्ष्य हो ।’ सन् २०१८ मा पहिलोपटक सगरमाथा चढ्नुभएका पाण्डेले क्रमशः अन्य महादेश तथा क्षेत्रका हिमालहरू आरोहण गर्दै नेपालमा आएर सगरमाथामा सेभेन समिट अभियानको समापन गर्ने योजना रहेको पनि जानकारी दिए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना