
काठमाडौं । नेपाल र भुटानबीच समेत पर्यटन प्रवद्र्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको पद्धतिबारे जानकारी दिन व्यवसायीहरुबीच प्रवद्र्धन कार्यक्रम आयोजना भएको हो ।
भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी दिने र नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले काठमाडौंमा आयोजित प्रवद्र्धन साँझ सफल भएको अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले बताए । काठमाडौंको दुसुति प्रिन्सेस होटलमा आयोजित प्रवद्र्धन कार्यक्रममा नेपालका ५ सय भन्दा बढी पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सहभागी थिए ।
नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको तामाङले बताए । अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानकै सबैभन्दा ठूलो निजी क्षेत्रको पर्यटन प्रवद्र्धन कम्पनी हो । तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण पनि नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।
सो अवसरमा भुटानको कला संस्कृति,त्यहाँको धार्मिक पर्यटन तथा भुटानी पर्यटन योजनाका बारेमा समेत जानकारी दिइएको थियो । भुटानका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने र नेपालबाट भुटानमा गरिने पर्यटन प्रवद्र्धनका उपायका बारेमा समेत सो अवसरमा छलफल भएको थियो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह