
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ का सबै खेल उपत्यका बाहिर हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै सबै खेल उपत्यका बाहिर हुने जानकारी गराएको हो ।
प्रधानमन्त्री कपका खेलहरु भैरहवामा रहेका सिद्धार्थ रंगशाला, एक्ट्राटेक ओभल र दाङको लमही क्रिकेट मैदानमा आयोजना हुने छन् । प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, एक्स्ट्राटेकमा वाग्मती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह