
मुस्ताङ । मुस्ताङ–काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ–मुक्तिनाथ सेवा प्रालिले आजदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो ।
मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिने गरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए ।
बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
मुस्ताङ–मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ–कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले दुई हजार चार सय रुपैयाँमा मुस्ताङ–काठमाडौँ यात्रा गर्न पाउने भएका छन्।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान