
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हराएको छ । गएराति भएको खेलमा फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो । अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित गर्यो ।
म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र वेस्टह्यामले बराबरी खेलेका छन् । सिटी र ब्राइटनले समान दुई तथा एभर्टन र वेस्टह्यामले एक÷एक गोलको बराबरी खेलेका हुन् । जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ । २८ खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद