सिन्धुपाल्चोक शेर्पा समाज सेवाले विशेष पूजा आयोजना गर्ने

काठमान्डौ ।  सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा एक विशेष धार्मिक कार्यक्रमको आयोजना गरिने भएको छ।संस्थाले ग्याजी कुरिम विश्व शान्ति पूजा तथा छे वाङ (आयु अभिषेक) कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम पूज्यनीय ग ल्हखाङ टुल्कु रिन्पोछे ज्यूको बाहुलीबाट सम्पन्न गरिने अध्यक्ष बहादुर शेर्पाले जानकारी दिए। आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई यस पुण्यमय कार्यक्रममा उपस्थित भई पुण्यलाभ लिन आह्वान गरेको छ।

कार्यक्रम यहि आउँदो २०८ १ साल चैत ९ गते शनिबारको दिन हुने भएको छ।

कार्यक्रम सम्बन्धि जानकारी लिन संस्थाले दिइएको सम्पर्क र जानकारीहरु :

समय: विहान १० बजेदेखि
स्थान: सिन्धुपाल्चोक शेर्पा समाज सेवा भवन, गोकर्णेश्वर नगरपालिका- ६, बुद्धचोक, सुन्दोरटोल, जोरपाटी, काठमाण्डौ
अधिक जानकारीका लागि सम्पर्क:
अध्यक्ष बहादुर शेर्पा  : ९८४१२८१२१७
महासचिव नुर्वु शेर्पा  : ९८५१३४०७१९
फुर्पा नुर्बु शेर्पा           : ९८२८७२९७७७

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार