
काठमाडौं । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबले दिएको २ सय २० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २ सय एक रन मात्र बनाउन सक्यो । चेन्नईका डेभन कनवेले सर्वाधिक ६९ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । ओपनर प्रियान्श आर्याले एक सय तीन रनको शतक बनाए । जारी प्रतियोगितामा पन्जाबको तेस्रो जीत र चेन्नईको चौथो हार हो ।
यस जीतसँगै ४ खेलमा ६ अङ्क जोडेको पन्जाब अङ्कतालिकामा चौथो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अङ्क मात्र रहेको चेन्नई नवौं स्थानमा छ । यस्तै आईपीएल अन्तर्गत हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई चार रनले हराएको छ ।
जीतको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन मात्रै बनाउन सक्यो । त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । मिकेल मार्स र निकोलश पुरनले अर्ध शतक बनाए । पाँच खेलमा ६ अङ्कसहित लखनउ पाँचौं स्थानमा र समान पाँच खेलमा ४ अङ्कसहित कोलकाता छैटौं स्थानमा रहेको छ । आईपीएलमा आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय