
भोजपुर । जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त तीन करोड ८८ लाख रुपैयाँ लागतमा सडक स्तरोन्नति थालिएको हो ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिए । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–सहिद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागत सडक स्तरोन्नति थालेका छौँ । उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताए । पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म २० लाख रुपैयाँ बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु दुई करोड पाँच लाख लागतमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताए ।
हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताए । सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उनको भनाइ छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट