
काठमाडौं । पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो। ४१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी पनि प्रतिवादी छन्।
प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९ सय ९९ रुपैयाँ बिगो मागदाबी भएको छ। सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३ सय ४६ बिगो मागदाबी गरेको हो।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु