
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज १४ दशमलव ५३ अंकले घटेर २६४७ दशमलव ०७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५९ अंकले घटेर ४४५ दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये २ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ११ वटाको घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३२७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर ७६ हजार ९९८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह