
काठमाडौं । आठौं यूएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा र यूथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा युवा वोर्कशप तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एफआइए सेफ एण्ड सस्टेनेभल मोविलिटि ग्रान्टको सहयोग तथा बागमती अटोमोबाइल्स एसोसिएसन, नासा फाउण्डेसन नेपाल र रोटरी क्लब अफ चितवनको सहकार्य रहेको थियो ।
“Streets for Life – #MakeWalkingSafe #MakeCyclingSafe” थिम रहेको यस वर्षको रोड सेफ्टी विकको अवसरमा इन्जिनियरिङकका युवा विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस वोर्कसपमा सडक सुरक्षा र दिगो यातायतसम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा प्रस्तुति गरिएको थियो । सहभागीहरूलाई सडक सुरक्षाको आधारभूत विषयहरु, सेफ्टी राइडिङ्ग इनिसियटिभ, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ्ग स्कूल, रोड सेफ्टी अडिटिङ, पैदल र साइकल यात्रीहरूको सुरक्षाजस्ता विषयमा प्रस्तुति दिइयो ।
साथै, मोविलिटि सिनारियो सर्भेमार्फत उनीहरूको यातायातसम्बन्धि धारणा र सुझाव संकलन पनि भयो । सहभागीहरूलाई स्टाण्डर्ट हेलमेटको प्रयोगबारे सचेत गराउँदै, मोटरसाइकल चालक र यात्रु दुवैले हेलमेट लगाउनुपर्ने आवश्यकता विशेष रूपमा प्रस्तुत गरियो । कर्यक्रमको समापनमा रोड सेफ्टी क्विजको पनि आयोजना गरिएको थियो, जसमा शुभलक्ष्मी परियार प्रथम र ओमकुमार चौधरी द्वितीय भए । विजेताहरुलाई बागमती अटोमोबाइल्स एशोसिएसनका कोषाध्यक्ष जनककुमार ढकाल र अक्सफोर्ड कलेजका लोमश अधिकारीले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई र यूथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताालले प्रस्तुति दिए । कार्यक्रमको शुभारम्भ गर्दै अक्सफोर्ड कलेजका प्रन्सिपल डा. हरि भण्डारीले युवाहरुको इन्जिनियरहरूको ज्ञान र संलग्नताले सडक सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने बताए । विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनाले विश्वभर हरेक वर्ष १३ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ, जसबाट सबैभन्दा बढी १५–२९ वर्ष उमेरका युवा समुह प्रभावित हुन्छ । रोड सेफ्टी विकमा युवाहरूलाई नेतृत्व र अर्थपुर्ण सहभागीताले समाज तथा सडकमा सकारात्मक सुधार ल्याउने विश्वासका साथ यस वोर्कशप संचालन गरिएको हो ।

सहभागी युवाहरूले सडक नियमको पालना गर्ने, हेलमेट र सीट बेल्ट प्रयोग गर्ने, मोबाइल चलाउँदै गाडी नचलाउने, नशामा सवारी नगर्ने जस्ता व्यवहारहरूलाई आत्मसात् गरेर परिवर्तन आफैंबाट सुरु गर्ने प्रतिवद्धता पनि दिए । नेपाल अटोमोवाइल एसोसिएसनले अब विद्यालय, कर्पोरेट र क्लवलाई आवद्धता गर्दै अटोमोवाइल, मोविलिटि, टुरिजम र मोटरस्पोर्टस्मा थप क्रियाशिल हुने सन्दर्भमा इन्जिनियरिङ्ग क्षेत्रबाट यो अभियान सुरु गरिएको हो ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?