
झापा । मेचीनगर नगरपालिका–७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा ५ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका हुन् ।
थापाले अहिले खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । वार्षिक ४० हजार रुपैयाँ तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि हालसम्ममा पाँच लाख रुपैयाँको खरबुजा बिक्री भएको उनले बताए । ‘अन्य तरकारीखेती पनि गरेको छु’, उनले भने, ‘तर खरबुजाले जस्तो आम्दानी तरकारीबाट हुन सकेको छैन ।’
झापामा गर्मी बढेसँगै खरबुजाको व्यापार बढेको छ । थापाले उत्पादन गरेको खरबुजा बिक्रीका लागि धुलाबारी, काँकरभिट्टा, चारआलीलगायत चोक तथा बजारमा लैजाने गर्छन् । उनले बजारको समस्या नभएको बताउँदै बारीमा आउने व्यापारीलाई भने प्रतिकिलो ३० रुपैयाँका दरले बिक्री गर्दै आएको जानकारी दिए । मेचीनगर, भद्रपुर र कनकाई नगरपालिका क्षेत्रमा खरबुजाको व्यावसायिक खेती हुँदै आएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह