
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेट दुवै टोलीको टुंगो लागेको छ । मंगलबार टुसाल युवा क्लब रेलिगेट हुने निश्चित भएसँगै घटुवामा पर्ने दुवै टोलीको टुंगो लागेको हो ।
लिगअन्तर्गत मंगलबार बिहान सम्पन्न उक्त खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र वीरगञ्ज युनाइटेडको खेल एक–एकको बराबरी खेलेका थिए । यो नतिजाले टुसाललाई रेलिगेसनमा पारेको हो ।
लिगमा टुसाल एक खेलअगावै रेलिगेट भएको हो । टुसालले १२औँ चरणसम्म आइपुग्दा ११ अंक मात्र बनाउन सकेको छ । उसले १२ खेलमा दुई जित, पाँच बराबरी र चार हारबाट ११ अंक बनाएको हो । अब टुसालले शीर्ष डिभिजन लिगमा बढुवा भइसकेको प्लानिङ ब्वाइजसँग अन्तिम खेल खेल्नेछ । यस खेलमा टुसाल विजयी बने पनि रेलिगेसन टार्ने छैन ।
अर्काे टोली नयाँबस्ती युथ क्लब भने ११औँ चरणमा रेलिगेट भएको थियो । नयाँबस्तीले १२औँ चरणसम्म आइपुग्दा पाँच अंक मात्र बनाएको हो । नयाँबस्तीले १२ खेलमा एक जित, दुई बराबरी र आठ हारबाट पाँच अंक बनाएको छ । आरसीटीले भने यो नतिजासँगै ‘बी’ डिभिजन लिगको हैसियत जोगाएको छ । आरसीटीले बराबरीबाट एक अंक जोड्दै तालिकामा १५ अंक जोडेको छ । आरसीटीले १२ खेलमा तेस्रो बराबरी खेल्दै चार जित, तीन बराबरी र पाँच जितबाट १५ अंक जोडेको हो । अब टोलीले लिगको अन्तिम खेल श्री कुमारी क्लबसँग खेल्नेछ । यो खेलमा टोली पराजित भए पनि घटुवामा पर्ने छैन ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह