
काठमाडौं । दिनभरिको उत्तार चढावका बीच सेयर बजार परिसूचक घटेर कारोबार बन्द भएको छ । कारोबार खुल्नेबित्तिकै उच्च अंकले बढेर २७७१ दशमलव ४८ विन्दुसम्म पुगेको सेयर बजार परिसूचक अन्तिममा ७ दशमलव ९४ अंकले घटेर २६६९ दशमलव ५१ विन्दुमा पुगेको हो । इन्ट्राडेमा सेयर बजार परिसूचक १०१ दशमलव ९७ अंकले घटेको छ ।
गभर्नर नियुक्ति हुने दिन मंगलबार ४९ अंकले बढेको थियो । तर आज भने सेयर बजार घटेर कारोबार भएको हो । आज सेयर बजारमा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य भने बढेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १७ अंकले घटेर ४५० दशमलव ८४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ परिसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज १० अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा २१६ कम्पनीका २ करोड २९ लाख २० हजार २२५ कित्ता सेयर ८७ हजार ७११ पटक खरिद बिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
अमेरिकाद्वारा युद्धविराम लम्ब्याउने सम्भावना अस्वीकार, ईरानद्वारा नयाँ आक्रामक रणनीति अपनाउने धम्की
वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति
प्रधानमन्त्री बालेन र भारतका स्थल सेनाध्यक्ष बीच भेटे
महिनामा २ पटक तलब भुक्तानी गर्न महालेखा नियन्त्रक कार्यालयले जारी गर्यो परिपत्र
धितोपत्र बोर्डमा चार कम्पनीले दिए आईपीओ जारी गर्न निवेदन
महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता, नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
सेयर बजार परिसूचक १९ अंकले घट्यो, कारोबार पनि घट्यो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी