
सगरमाथा आरोही दावा टासी शेर्पाको आत्मकथात्मक पुस्तक ‘शेर्पा’ शनिवार काठमाडौंमा एक समारोहबीच सार्वजनिक भएको छ । रक्षामन्त्री मानवीर राईले पुस्तकको विमोचन गरेका थिए। सन् २०१४ अप्रिल १८ मा सगरमाथामा आएको भीषण हिमपहिरोमा १६ जना पर्वतारोहण पथप्रदर्शकको ज्यान गएको थियो। त्यही कहालीलाग्दो घटनामा जिवित बचेका शेर्पाले आफ्नो अनुभव र जीवनयात्रालाई पुस्तकमा समेटेका छन् ।
पुस्तक विमोचन समारोहमा चर्चित विमानचालक विजय लामा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पर्वतारोहीहरु लगायतको बाक्लो उपस्थिति थियो । लेखक शेर्पाले पुस्तक बिक्रीबाट प्राप्त हुने ३० प्रतिशत रकम परोपकारी कार्यमा दान गर्ने घोषणा गरेका छन् । यो कदमले उनको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पनि झल्काएको छ ।

दावा टासी शेर्पा ११ वर्षको उमेरदेखि नै पर्वतारोहणमा संलग्न छन् । उनले सगरमाथा लगायत विभिन्न हिमालको सफल आरोहण गरिसकेका छन् । सन् २०१४ को हिमपहिरोले उनको जीवनमा गहिरो प्रभाव पारेको थियो । उक्त घटनाको स्मरण र आफ्नो संघर्षको कथालाई उनले ‘शेर्पा’ मार्फत व्यक्त गरेका छन् । पुस्तकमा उनले पर्वतारोहणको जोखिम, शेर्पा समुदायको योगदान र आफ्नो जीवनका आरोह–अवरोहलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
पुस्तकले शेर्पा समुदायको जीवन, संस्कृति र पर्वतारोहणको क्षेत्रमा उनीहरूको अपरिहार्य भूमिकालाई उजागर गरेको छ । समारोहमा सहभागीहरूले दावाको साहस र लेखनको प्रशंसा गरे। यो पुस्तक पर्वतारोहण र शेर्पा समुदाय प्रति रुचि राख्ने पाठकका लागि प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।

लेखक शेर्पाले पुस्तक लेखनको उद्देश्य आफ्नो अनुभव मात्र नभई शेर्पा समुदाय र समग्र हिमालमा कर्म गर्नेहरुको कथा विश्वसामु पु¥याउनु रहेको बताए । पुस्तकले पर्वतारोहणको क्षेत्रमा शेर्पाहरूको योगदानलाई सम्मान गर्ने र उनीहरूको जीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।














समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द