
तनहुँ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने अवस्था रहेको जिल्लाको बन्दीपुर–४ स्थित खहरे–बिरुवा क्षेत्रमा अब बाह्रै महिना सिँचाइ सुविधा हुने भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको सहयोगमा देवीखोला खहरे बिरुवा सिँचाइ योजना सम्पन्न भएपछि यहाँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् । सिँचाइ सुविधा पुगेपछि मौसमी र बेमौसमी तरकारी उत्पादनका साथै अन्य बाली लगाउन सहज हुने देवीखोला–खहरे–बिरुवा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष हरिकाशी गुरुङले जानकारी दिए।
‘गत वर्ष मुहानमा च्याम्बर निर्माण गरी २ नंं ट्याङ्कीसम्म एक हजार ८०० मिटर लामो ११० एमएमको पाइप जडान गरिएको छ,’ अध्यक्ष गुरुङले भने, ‘पहिलो वर्ष २ नं टयाङ्की निर्माण गरी तीनवटा गेटवाल राखेर २० वटा धारा जडान गरिएको थियो ।’ उनले भने, ‘यस चालु वर्षमा १ नं टयाङ्की निर्माण गरी चारवटा गेटवाल राखेर २८ वटा धारा जडान गरिएको छभने यसै वर्ष दुईवटा धारा थप गरी ५० वटा धारा पुर्याइएको छ ।’
एक लाख ८० हजार लिटर क्षमताका दुईवटा रिजर्भ टयाङ्की निर्माण गरी पानी सङ्कलन गरेर धाराबाट सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाबाट ३०० रोपनी क्षेत्रफल सिञ्चित हुने बताइएको छ। योजना सम्पन्न गर्नका लागि सिँचाइ डिभिजन कार्यालयबाट गत वर्ष ४५ लाख र यस वर्ष २५ लाख गरी ७० लाख रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ता समितिकी सचिव सीता रानाले बताए। आगामी वर्षका लागि रु १० लाख बजेट विनियोजन गरी सत्र वटा थप धारा निर्माण गर्ने योजना रहेको सो कार्यालयले जनाएको छ । समयमै सम्झौता गरी समयमै निर्माण कार्य सम्पन्न गरिएको कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए ।
‘आकाशेपानीको भर पर्नु पर्दैन,’ प्रमुख आचार्यले भने, ‘नयाँ प्रविधिमा आधारित सिँचाइ योजनाले अब बाह्रै महिना सिँचाइमा सजिलो बनाइदिएको छ ।’ उनका अनुसार फलफूलजन्य र तरकारीजन्य उत्पादनमा प्रोत्साहन गर्दै नमूना कृषि फार्मका रुपमा विकास गर्न सिँचाइले बाटो खोलिदिएको छ ।













समाचार
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता