
काठमाडौं । सन् २०२५ को पहिलो पाँच महिनामा विदेशबाट ५ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
यो अवधिसम्ममा विदेशबाट नेपालमा औसत मासिक १ लाख भन्दा बढीका दरले पर्यटक आगमन भइरहेको हो । पाँच महिनाको अवधिमा औषतमा मासिक १ लाख २५२ जना पर्यटक नेपाल आइरहेको तथ्यांक छ । नेपालमा पर्वतारोहणको मुख्य सिजन मानिने मे महिनामा पर्यटक आगमन घटेको छ । मे २०२५ मा ८६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०२४ को यसै महिनाको तुलनामा ९५.६ प्रतिशत मात्र हो । अघिल्लो वर्ष ९० हजार २ सय ११ जना पर्यटक मे महिनामा आएका थिए । यसरी गिरावट आउनुमा भारतीय पर्यटक आगमन घट्नु मुख्य कारण रहेको छ ।
मे २०२५ मा भारतीय पर्यटक २८ हजार १६० जना आएका छन् । अघिल्लो वर्ष यसै महिनामा भारतीय पर्यटकको संख्या ३८ हजार २८८ रहेको थियो । यस महिनामा चीनबाट ८ हजार ८२४ पर्यटक आएका छन् । अघिल्लो वर्ष यो संख्या ८ हजार ३८१ रहेको थियो । अमेरिकाबाट ९ हजार ७४ जना पर्यटक आएको तथ्यांक छ । अघिल्लो वर्ष अमेरिकाबाट ८ हजार ५२७ पर्यटक आएको तथ्यांक बोर्डको छ ।
भारतीय पर्यटकको संख्या कम हुँदा सार्क मुलुकको आगमन यस महिनामा २१.६ प्रतिशतले घटेको छ । सार्क मुलुकबाट कुल ३४ हजार ३५० पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट हुने आगमन ११ प्रतिशतले बढेको छ । युरोपको १३.६, ओसियाना मुलुकको १८.७ प्रतिशत, अमेरिकी मुलुकबाट ७.८ प्रतिशत, मध्यपूर्वी मुलुकबाट ३२.५ प्रतिशत आगमन सुधार भएको छ । अफ्रिकी मुलुकबाट हुने आगमन भने १२.५ प्रतिशतले खस्किएको तथ्यांक छ ।













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द