
काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । पन्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए । बेङ्गलुरुका भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
बेङ्गलुरुका लागि विराट कोहोलीले सर्वाधिक ४३ रन बनाए । पन्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ विकेट लिए । लिग चरणमा पन्जाब पहिलो र बेङ्गलुरु दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेङ्गलुरु फाइनलमा पुगेको थियो । पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट