
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?