
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ अंकमा पुगेको हो ।
आज सेयर बजारमा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ भने ० दशमलव ०१ अंकले बढेर ४५२ दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
आज सेयर बजारमा ९ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३१४ वटा कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ७८ हजार १३ पटक खरिद बिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान