
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोलीलाई हराएको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई १७ रनले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १ सय ८१ रनमा समेटिएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो । शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।
नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले हराएको थियो । टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल भोलि घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ । शृङ्खलामा नेदरल्यान्ड्स र स्कटल्यान्डको ३ खेलमा समान ४ अङ्क छ । नेपालको २ खेलमा २ अङ्क छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि