
काठमाडौं । रियल म्याड्रिडले बराबरीका साथ क्लब विश्वकपको सुरुवात गरेको छ । अमेरिका जारी क्लब विश्वकपको समूह जीमा अल हिलालसँग १–१ को बराबरी खेल्दा रियलका प्रशिक्षक जाबी आलोन्सोको सुरुआत प्रभावहीन रह्यो ।
१५ पटकको युरोपेली च्याम्पियनले मियामीको हार्ड रक स्टेडियममा कुनै कुनै बेला मात्र लयमा देखिन्थ्यो । काइलियन एमबाप्पे ज्वरोका कारण अनुपस्थित हुँदा गोंजालो गार्सियाले ३४औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसले पहिलो हाफको अन्त्यतिर पेनाल्टीबाट बराबरी गोल गरे । सिमोने इन्जागीको टोलीले सशक्त रक्षात्मक खेल्नुका साथै आक्रामकमा पनि रियललाई चुनौती दियो । फेडेरिको भाल्भेर्डेले अन्तिम समयमा पेनाल्टी गुमाएपछि रियलले साउदी अरेबियाको सबैभन्दस सफल टोलीसँग बराबरी मा चित्त बुझाउनु पर्यो ।
बुधवारको अर्को खेलमा म्यानचेस्टर सिटीले विजयी भएको छ । सिटीले मोरक्कोको क्लब विदादलाई २–० हरायो । फिल फोडेनले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा जेरिमी डोकुले दोस्रो गोल गरे । ८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भयो ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल