
काठमाडौं । रुसले युक्रेनको राजधानी कीभमा भिषण ड्रोन आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध रोक्ने प्रस्ताव नकारेको केही घण्टापछि मस्कोले कीभमा ड्रोन र मिसाइल बर्साएको हो ।
रुसले बिहीबार राति युक्रेनमाथि ५५० ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ । जुन हालसम्मकै भिषण आक्रमण हो । जसमध्ये ७२ वटा ड्रोनलाई रक्षा प्रणालीले समेत रोक्न नसक्दा विभिन्न स्थानमा खसेर विस्फोट भएको थियो । बिहीबार रातभर कीभमा ड्रोन र त्यसलाई आकाशमै परास्त गर्न अपनाइने रक्षा प्रणालीको विस्फोटका कारण आतंक सृजना भएको थियो ।
बिहीबार राति भएको भिषण आक्रमणका कारण शुक्रबार विहानसम्म युक्रेनी राजधानी कीभमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसी आक्रमणका कारण कीभमा बिहीबार रातभर झन्डै ८ घण्टा आपतकालीन साइरन बजेको थियो । यसपटक रुसले युक्रेनी राजधानी कीभलाई निसाना बनाएको युक्रेनी सेनाका अधिकारहरुले बताए । सन् २०२२ को फेब्रुअरी यता रुसले लगातार युक्रेनमाथि आक्रमण गर्दै आएको छ । पछिल्लो तीन वर्षदेखि यी दुई देशबीच संघर्ष जारी छ ।













समाचार
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली
नेप्सेसँगै घट्यो कारोबार रकम
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?