
काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा सहभागी रहने सबै टोलीको टुंगो लागेको छ । सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी)ले सोमवार विज्ञप्तीमार्फत प्रतियोगितामा ११ टोलीको सहभागिता रहने जनाएको छ ।
एनटीका अनुसार सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् ।
स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने बताइएको छ । सिरिज अगस्ट १४ देखि २४ सम्म डर्विनमा हुने छ । नेपाली टोलीले अस्ट्रेलियामा यो सिरिजका साथै टि ट्वान्टी विश्व कप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट ओमानमा अक्टोबर १ देखि १७ सम्म हुनेछ ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान