काठमाडौं । घरेलु टोली इङ्ग्ल्याण्डले भारत विरुद्धको तेस्रो टेस्टमा १९३ रनको सामान्य लक्ष्य दिएको छ । पहिलो पारी बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १९२ रन मात्र जोडे पछि भारतले उक्त लक्ष्य पाएको हो ।
दोस्रो पारीमा इंग्ल्याण्डका लागि जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए । इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।
भारतले आइतवार लक्ष्य पछ्याउन दोस्रो पारीको सुरुवात गरेको छ । उसले पनि दास्रो पारीमा खराब सुरुवात गरेको छ । उसले ४ विकेट गुमाएर ५८ रन मात्रै जोडेको छ । भारतका केएल राहुल ३३ रनमा नटआउट छन् । करुण नायर १४, कप्तान शुभमन गिल ६ तथा आकाश दिप १ रनमा आउट भए । ६ विकेट बाँकी रहँदा भारत लक्ष्यबाट १३५ रन टाढा छ । तेस्रो टेस्टको पहिलो पारीमा दुबै टोलीले समान ३८७ रनमा अल आउट भएको हो । ५ टेस्टको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।