
मुस्ताङ । खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उनीहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहेका छन् ।
गुरुङ दम्पत्तिलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्छन्, ‘तत्कालीन समय समय सम्झदा नमज्जा लागेपनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ ।’ एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पत्तिमा मेहनत र परिश्रमको हुटहुटि चलेको देखिन्छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ । एउटा पक्की पुलको आसामा वर्षौँ बिताइसकेका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पत्ति आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बनेका छन् । सडक सञ्जालले सहज रुपमा नछोए पनि गुरुङ दम्पत्तिले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्छन् ।
गुरुङ दम्पत्तिले सुरुआत गरेको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्मको करिब एक रोपनीबाट सुरुआत गरेका थिए । अहिले समग्र मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसकेका उनीहरुको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ ।
उनीहरुलाई दैनिकजसो स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ । बिहान उठेदेखि बेलुकीसम्म पूरै समय किसान भएर काम गर्न पाउदाको क्षण उनी दुबै दम्पत्तिलाई बडो आनन्द आउने उनीहरु बताउँछन् । यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरुसँग करिब आठ जना मजदुर पनि छन् ।
कुनैबेला व्यावसायिक स्याउखेती नहुने बगरमा बेकारको लगानी ग¥यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्ने गाउँलेहरु अहिले उनीहरुको सफलता देखेर चकित परेका छन् । करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घरखर्च चलाउने सोचबाट सुरू भएको स्याउखेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पत्तीले उक्त फर्मको स्थापना गरेका थिए । निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्द उदाहरणको साक्षी हुन् गुरुङ दम्पत्ति । अहिले उनीहरुको कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बनेका छन् ।
पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउखेती गरेर वार्षिक पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरैनै हुने गरेको छिरिङ ढोका गुरुले बताए । यसै वर्ष छिरिङ ढोका गुरूङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ दम्पत्ति पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित भएका छन् । छिरिङ ढोका गुरुङले नगद रू दुई लाखसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पत्तिलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ ।
शुक्रबार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद रु ५० हजारसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । गुरुङ दम्पत्तीको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यसवर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गरेका छन् । गतवर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गरेका छन् । पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गतवर्ष १३ लाख आम्दानी गरेका थिए । जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउखेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पत्तीको यतिबेला सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु