
काठमाडौं । भारत र इंग्ल्याण्ड विरुद्धको तेस्रो टेस्टमा घरेलु टोलि विजयी भएको छ । लड्समा भएको तेस्रो टेस्टमा घरेलु टोली २२ रनले विजयी भएको हो ।
भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले पहिलो पारीमा ३८७ रन बनाएको थियो । पहिलो पारीमा उसका जो रुटले १०४ रनको शतकिय पारी खेले । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे । भारतले पनि पहिलो पारीमा ३८७ रन नै बनायो । उसका केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।
दोस्रो पारीमा घरेलु टोलिले जम्मा १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो । दोस्रो पारीमा भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ६१ रन जोडे । लोकेश राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । घरेलु टोलिका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व