
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा कर्मचारीको न्यूनतम पारिश्रमिक संरचनामा फेरबदल गरी नयाँ दर लागू गरेको छ। मन्त्रालयले असार ३२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी पारिश्रमिक वृद्धि गरिएको जानकारी बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नयाँ व्यवस्थाअनुसार, मासिक तलब पाउने मजदुर वा कर्मचारीले कुल १९ हजार ५५० रुपैयाँ पारिश्रमिक पाउनेछन्। यसमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ता रहनेछ। यसअघि २०८० साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ तोकेको थियो। नयाँ संरचनाले गर्दा कुल पारिश्रमिकमा २ हजार २५० रुपैयाँको वृद्धि भएको हो।
अब घण्टे काम गर्ने श्रमिकका लागि १०१ रुपैयाँ प्रतिघण्टा पारिश्रमिक तय गरिएको छ। यसमा ६३ रुपैयाँ आधारभूत तलब र ३८ रुपैयाँ भत्ता हुनेछ। दैनिक ज्यालादारी श्रमिकलाई पनि नयाँ दर लागू हुनेछ। उनीहरूले ७५४ रुपैयाँ न्यूनतम दैनिक पारिश्रमिक पाउनेछन् — जसमा ४७० रुपैयाँ आधारभूत र २८४ रुपैयाँ महँगी भत्ता समावेश हुनेछ। चिया बगान क्षेत्रमा कार्यरत श्रमिकहरूको न्यूनतम पारिश्रमिक भने अझै सरोकारवाला निकायहरूसँगको छलफलपछि निर्धारण गरिने जनाइएको छ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा