
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक आर्थिक वर्षमा १७ अर्ब रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको हो ।
यो अवधिमा प्राधिकरणले २ हजार ३३२ गिगावाट घण्टा विद्युत निर्यात गरेको छ । उक्त अबधिको विद्युत बिक्री गरेर प्राधिकरणले १७ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपालबाट अहिले भारत र बंगलादेशमा विद्युत निर्यात हुने गरेको छ । नेपालले विगतदेखि नै भारतीय बजारमा विद्युत व्यापार गर्दै आइरहेको छ । गत आवमा भने प्राधिकरणले नेपालबाट बंगलादेशमा पनि विद्युत निर्यात गर्न सुरु गरेको हो ।
गत वर्ष एक दिनका लागि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिएको थियो । प्राधिकरणले एक आर्थिक वर्षमा १६ अर्ब ९ करोड रुपैँया बराबरको विद्युत् आयात गरेको छ । नेपालले बर्खाको समयमा विद्युत बिक्री गर्ने र हिउँदमा किन्नु पर्ने अवस्था रहेको छ । प्राधिकरणको तथ्यांक अनुसार गत आवमा नेपालले विद्युत निर्यात गरे जतिनै रकम बराबरको आयात समेत गरेको छ ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात