
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम क्षेत्रका कामदारहरुको न्यूनतम पारिश्रमिक २८ हजार बनाउन माग गरेको छ । एकीकृत ट्रेड युनियन महासङ्घ, नेपाल, पेसागत महासंघ नेपाल, राष्ट्रिय ट्रेड युनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, समाजबादी ट्रेड युनियन महासंघ नेपाल, समाजवादी ट्रेड युनियन महासङ्घ र स्वतन्त्र ट्रेड युनियन महासङ्घ स्वतन्त्र सम्मिलित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज विज्ञप्ति जारी गर्दै सरकारले हाल वृद्धि गरेको पारिश्रमिकमा असन्तुष्टि जनाएका हुन् ।
‘हामी एउटा सबैभन्दा तल्लो तहको सरकारी कर्मचारीले पाउने २८ हजार श्रम क्षेत्रका कामदारले पनि पाउनुपर्छ भन्ने मान्यता राख्दछौं । न्यूनतम आवश्यकता भनेको सरकारको सबैभन्दा तल्लो तहमा काम गर्ने कर्मचारी र श्रम क्षेत्रमा काम गर्ने कर्मचारीको एउटै हो । त्यसैले मान्छे मान्छेको बीच हुने विभेदको हामी विरोध गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । राजपत्रमा प्रकाशित गर्नुभन्दा पहिले यस वर्षको न्यूनतम वेतनमा पुनः पुनरावलोकन गरी कम्तिमा हालको १७ हजार ३ सयलाई शतप्रतिशत वृद्धि गरी श्रमिकलाई बाँच्न पुग्ने ज्यालाको ग्यारेन्टी समन्वय केन्द्रको माग छ ।
साथै, वृद्धि हुने वेतन सम्पूर्ण कर्मचारीहरूको हकमा लागू गर्न पनि समन्वय केन्द्रले माग गरेको छ । अन्य ट्रेड युनियनहरूको असहमति हुँदाहुँदै एमाले–कांग्रेसका दुईवटा ट्रेड युनियन जिफन्ट र एनटिसीले जबरजस्ती ढंगले न्यूनतम वेतन २ हजार २ सयमात्र बृद्धि गर्ने निर्णयमा हस्ताक्षर गरेको भन्दै समन्वय केन्द्रले असन्तुष्टि जनाएको छ ।
सत्ताधारी ट्रेड युनियनहरूको रवैयाले नेपालको ट्रेड युनियन आन्दोलनलाई विभाजित गर्ने, कमजोर बनाउने र नेपाली श्रमिकहरू श्रम शोषणको चपेटामा पर्ने खतरा बढेर गएको समन्वय केन्द्रको निष्कर्ष रहेको छ । समन्वय केन्द्रले नेपाली श्रमजीवी वर्गको हितका लागि सबैलाई एकै ठाउँमा गोलबन्द भई अघि बढ्न समेत आह्वान गरेको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो