
काठमाडौं । नेपाली कांग्रेकी सांसद सिता कुमारी रानाले बहुविवाह सम्बन्धी प्रस्ताव फिर्ता नभएर सरकारले अश्वभाविक मूल्य चुकाउनु पर्ने चेतावनी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद रानाले बहुविवाहको प्रस्ताव असभ्य र अन्यायपूर्ण रहेको भन्दै फर्ता लिनु पर्ने बताएकी हुन् ।
उनले मूलुककी देवानी (संहिता) ऐन, २०७४ लाई संसोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाह गर्ने कानुनी वैधता दिन लागेको भन्दै त्यसको विरोध गरेकी हुन् ।
उनले सरकारले संशोधन प्रस्तावको पुष्ट्याईमा दिएको तर्क कथित, असभ्य र अन्यायपूर्ण रहेको पनि बताइन् । ‘यसले मानव सभ्यतालाई लज्जित बनाएको छ । प्रस्तावले महिलालाई अपमान र अन्याय गरेको छ । विवाह सम्बन्धी वर्तमान कानुनी प्रावधान पुरुषको निगाहबाट प्राप्त नभै कैयन महिलाको त्याग र बलिदानबाट प्राप्त भएको हो,’ उनले भनिन् । सरकारले ममस्यौदा फिर्ता नलिई संसदमा ल्याउने दुस्साहस गरेमा महिलाको भद्रता र सभ्यताको सीमा नाघ्ने र त्यसबाट सरकारले अस्वभाविक मूल्य चुकाउनु चेतावनी समेत दिइन् ।
सरकारले बहुविवाह गरी अन्यायमा परेका महिलाको अविभावकत्व र संरक्षकत्व लिनुपर्नेमा उल्टै प्रतिगामी कानुन प्रस्ताव गरेको भन्दै उनले सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छिन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान