शेर्पा पर्यटन व्यवसायिक संघ नेपालमा पासाङ शेर्पा निर्वाचित

काठमाडौं । शेर्पा पर्यटन व्यवसायिक संघ नेपालको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् । संघको ७ औँ वार्षिक साधारणसभाबाट शेर्पाको अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा च्येङा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा चयन भएका छन् । त्यस्तै महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा गेलु शेर्पा र सह–कोषाध्यक्षमा दाबुटी शेर्पा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा कुङगा शेर्पा, वाङ्डा शेर्पा, आङ दावा शेर्पा, कामी शेर्पा र नुर्बु छिरिङ शेर्पा निर्वाचित भएका छन् । साधारणसभामा संघको विगतका गतिविधि, आगामी कार्ययोजना र हिमाली पर्यटनको सम्भावना तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार