
काठमाडौं । कुलिङ अफ पिरियडसम्बन्धी गडबडीमा जिम्मेवार ठहरिएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको संसद बैठकमा उनले औपचारिक रूपमा राजीनामा घोषणा गरेका हुन्।
निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि रहेको भन्दै संसदीय छानबिन विशेष समितिले खतिवडालाई समेत जिम्मेवार ठहर गरेको थियो। सभामा सम्बोधन गर्दै खतिवडाले आफू सुरुदेखि नै सरकारी कर्मचारीका लागि दुई वर्षे कुलिङ अफ पिरियड लागू हुनुपर्ने पक्षमा अडिग रहेको बताए। उनले तत्काल अवकाशपछिको नियुक्तिले सरकारको काममा असर पार्ने र पदको लोभमा कर्मचारीले कार्यकालमै गलत काम गर्न सक्ने खतरा हुने तर्क गरे।
उनका अनुसार, समितिमा सर्वसम्मत रूपमा कुलिङ अफ पिरियडको प्रावधान समावेश गरिएको थियो, तर प्रतिवेदन तयार गर्दा कानुन मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरूकै संलग्नतामा त्रुटि भएको हो। खतिवडाले अन्तिम समीक्षा नहुनु कमजोरी भएको स्वीकार गरे पनि सबै सांसदले प्रतिवेदन पढ्ने अवसर पाएको अवस्थामा दोष केवल आफूलाई थोपर्न नहुने बताए।
उनले एमालेले राष्ट्रिय सभामा कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव दर्ता गराएको भन्दै आफू गठबन्धनको धारणा अनुसार प्रतिबद्ध रहेको स्पष्ट गरे। राजीनामा दिँदै खतिवडाले आफू ‘कूटिल राजनीतिको सिकार’ भएको भन्दै दुःख व्यक्त गरे। छानबिन समितिले कारबाही सिफारिस नगरेको भए पनि जिम्मेवारी बोध गर्दै पदबाट राजीनामा दिएको उनले स्पष्ट पारे।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात