
काठमाडौं । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेका छन् । आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराए ।
उनले भने, “मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास र पर्यावरणको परिवर्तनलाई मैले नजिकबाट देखेको छु । त्यसकारण मैले यस क्षेत्रको समृद्धिमा गर्न सक्ने धेरै काम छन्, जसलाई हाम्रो समूहले पूर्णता दिनेछ । प्रत्येक वर्ष सुनिने हिमपहिराको घटना न्यूनीकरण गर्नुका साथै हामीले हाम्रो पर्यटकीयस्थलाई प्रवद्र्धन गर्नु दायित्व छ । हाम्रो पेसागत हकहितका लागि गर्नुपर्ने काम धेरै छन्, जसलाई क्रमबद्ध रूपमा पूरा गर्नुपर्ने छ ।”
अध्यक्ष पदका उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि उम्मेदवारी’ भन्ने मूल नारासहित कार्ययोजना सार्वजनिक गरे । अध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा छन्।
यसैगरी, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डङ्गोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिएका छन् । उक्त समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपतकालीन उद्धार कोष व्यवस्थित गर्ने र अन्तरराष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू अगाडि सारेका छन् ।
यी योजनाहरूले पोखरामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्वतारोहण सङ्घको निर्वाचन आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू