
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सवस्टेशनको निरीक्षण गरेका छन् । बिहीबार धनुषा पुगेका मन्त्री खड्काले देशकै सबैभन्दा ठुलो अन्तरदेशीय प्रसारण लाइनको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले सबस्टेशनबाट प्रवाह भइरहेको अन्तरदेशीय प्रसारण लाइनको अवस्थाबारेमा विस्तृत जानकारी लिएका थिए । ऊर्जामन्त्री खड्काले प्राधिकरणको कार्यक्षमता र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले विद्युत् आपूर्ति प्रणालीको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए ।
उनले ढल्केबर विद्युत् सबस्टेशनको अवस्थाबारे थप जानकारी प्राप्त गरेपछि भविष्यमा आवश्यक नवीकरण र विस्तारका उपायहरूलाई ध्यानमा राख्दै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे । निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डललगायतको सहभागिता थियो ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना