
काठमाडौं । नेपाल वितरक संघको २४औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न सभाबाट प्रेमहरि मैनाली निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष नवराज दाहाल, उपाध्यक्ष केशवप्रसाद मैनाली, महासचिव गणेशप्रसाद तिमिल्सिना, सचिव अशोक कुमार कँडेल, कोषाध्यक्ष दिनेशमणि रिसाल र सह–कोषाध्यक्ष रमेश प्रजापती निर्वाचित भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू रहेका छन् । निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहने छन् ।
प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
समस्या समाधानलाई पहिलो प्राथमिकता
अध्यक्षमा निर्वाचित भएपछि मैनालीले आफूलाई सर्वसम्मत रूपमा विश्वास गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे । उनले ट्राफिक समस्या, क्रेडिट समस्या लगायत नीतिगत चुनौती समाधानलाई आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।
उनले आयात र स्वदेशमै उत्पादन भएका उपभोग्य वस्तुहरू बजारसम्म पुर्याउनेमा वितरकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै वितरण व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।
‘वितरण व्यवसायमार्फत नेपालकै आर्थिक क्षेत्रमा सकारात्मक योगदान पुगेको छ,’ मैनालीले भने, ‘यसलाई अझ सुदृढ बनाउन संघ निरन्तर क्रियाशील रहनेछ ।’













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला