
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानलाई निरन्तरता दिँदै आवश्यक संशोधनमार्फत मात्र अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार उनले भिडियो सन्देश जारी गर्दै युवापुस्तालाई संयमित भएर आन्दोलनलाई सही दिशातर्फ लैजान आग्रह गरे।
उनले भने, “यो संविधान हाम्रो आधार हो, यसको निरन्तरता कायम राखेर संशोधन र परिमार्जन गरौं। पार्टी सुधार गर्नुपर्छ, नेतृत्वमा परिवर्तन ल्याउनुपर्छ तर संविधान बाहिर गएर समाधान खोज्न थालियो भने सम्हाल्न नसकिने अवस्था आउन सक्छ।”
थापाले पछिल्ला दिनमा सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धलाई उदाहरण दिँदै जनताको अधिकार खोस्ने काम स्वीकार्य नहुने स्पष्ट पारे। “हाम्रो समाजले यस्ता कामलाई स्वीकार गर्दैन, फेरि आन्दोलन भड्किन्छ,” उनले चेतावनी दिए।
त्यस्तै, जेन–जी आन्दोलनप्रति टिप्पणी गर्दै थापाले उत्साह र आवेगलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए। “जेन–जीको हुटहुटी दुखान्त नहोस्, संयमता र धैर्यका साथ अघि बढ्नुपर्छ,” उनले भने।
थापाले गल्ती गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र पुनर्निर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे। साथै उनले विगतका कमजोरीका लागि आत्मालोचना गर्दै “माफी माग्दै सुध्रने वाचा” समेत गरे।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात