
काठमाडौं । पछिल्लो अवस्थाका कारण रोकिएको पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभाको मिति घोषणा भएको छ । अब कम्पनीको साधारणसभा असोज ७ गतेका लागि आह्वान गरिएको हो ।
यस अघि साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि ८ औँ वार्षिक साधारण सभा बोलाएको थियो । देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी सभा स्थगित गरिएको थियो ।
सभा असोज ७ गते काठमाडौंको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरिसेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात