
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण गरेकै दिन राजीनामा माग गरिएको छ । उनलाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने मध्यकै एक समूहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अघि नाराबाजी गर्दै राजीनामा माग गरेको हो ।
मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्येराती नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका छन् । नाराबाजिमा पुगेका गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार मात्रै प्रधानमन्त्री नियुक्त भएर आइतबार पदभार ग्रहण गरेकी थिइन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात