ऊर्जा मन्त्री कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।

त्यससँगै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार