काठमाडौं । भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १८ वटा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार १ हजार ९८४ वटा बीमा बापत २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको हो ।
सबैभन्दा बढी दाबी रि ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा बीमा बापत ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बीमा दाबी परेको हो ।