
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलिले ऐतिहासिक सफलता हासिल गरेको छ । अघिल्लो खेलमा आईसीसीको पूर्ण राष्ट्रलाई पहिलो पटक पराजित गर्न सफल भएको नेपालले दोस्रो खेलमा पनि जित निकाल्दै कुनै पनि पूर्ण सदस्य राष्ट्र विरुद्धको सिरिज जित्न सफल भएको हो ।
सोमबार राति भएको युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको हो । तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो ।
जितका लागि ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो । वेष्टइण्डिजका जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । नेपालले पावरप्लमा मात्रै १६ रन खर्चेर २ विकेट लिएपछि वेष्टइण्डिजलाई नेपालले निरन्तर दबाबमा राख्न सफल भयो । नेपाली बलरसामु वेष्टइण्डिजका कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६ रनमा आउट भए ।
नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नियमित बलर नन्दन यादव घाइते भएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो । प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिंग गरेका हुन् । कुशल भुर्तेलले ३ विकेट लिए । ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेख सर्वाधिक ६८ रनमा नट आउट रहे । सन्दीप जोराले पनि टोलिका लागि ६३ रनको योगदान दिए । यी दुईले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालको टी२० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारीमा पनि पर्दछ । त्यस्तै टेस्ट टोलीविरुद्ध टि२० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।
युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । अन्तिम खेल आज हुनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह