
काठमाडौं । अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ। नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार परेको भारी वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपमा परी इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ। सो जिल्लामा ७ जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता छन्।
पाँचथरमा सडक दुर्घटनाका कारण ६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, उदयपुरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने खोटाङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ।
रौतहटमा पनि चट्याङ लागेर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीले बगाएर रसुवामा ४ जना, बारामा १ जना र काठमाडौंमा १ जना बेपत्ता छन्। मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम