
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बिक्रीमा राखेको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो । बिक्री अवधिभर प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू असोज १० गते खोली असोज २० गते बिक्री प्रबन्धक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।
बाँडफाँडको अन्तिम मूल्य संस्थापक समूहतर्फ १०५.५० रुपैयाँ र सर्वसाधारण समूहतर्फ ४२२.५० रुपैयाँ कायम भएको छ । कम्पनीले उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँड गरेको जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान