
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कारोबार भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको जनाएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा बैंकको सेयर कारोबारा खुल्नेछ । बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि